अक्षय नयाँ मिस्टर नेपाल

0
Shares

राजधानीमा शनिबार सम्पन्न पुरुषहरूको सौन्दर्य प्रतियोगितामा बानेश्वरका २२ वर्षीय अक्षय रायमाझी मिस्टर नेपाल २०१७ चुनिएका छन्। अनामनगरस्थित लिवटी कलेज बीबीए अध्ययनरत रायमाझीले २८ प्रतिस्पर्धीलाई पछाडि छोड्दै उपाधि जितेका हुन्। उनले मस्ट कन्जेटिभ उपाधिलाई पनि आफ्नो बनाएका छन्। उपाधि जितेबापत रायमाझीले २०१७ मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्।

प्रतियोगितामा धु्रव बुढाथोकी फस्ट, आशिष ताम्राकार सेकेन्ड, डा. श्रीराम चन्द थर्ड र अमृत दाहाल फोर्थ रनर्सअप भए। इमेज च्यानल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको प्रतियोगीतामा सुशील नेपाल, कला सुब्बा र रोजिन शाही प्रस्तोता थिए। गीत, नृत्य र हाँस्यको बेजोड प्रस्तुतिका बीच सम्पन्न प्रतियोगीतामा थुप्रै कलाकारको पनि उपस्थिति रहेको थियो। उद्योगमन्त्री नवीन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकाहरू किरण केसी, प्रदीप खड्का, रवि गिरी, निर्माता सन्तोष सेन, पत्रकार कुबेर गिरी, श्याम अर्याललगायतलाई सम्मानित गरिएको थियो।