भीमको गीतमा प्रियंकाको रोमान्स

0
Shares

सुगम संगीतका गायक भीम लिम्बू आफ्नो पछिल्लो एकल एल्बम मिम्जिमाको शीर्षगीत हातै काटेरको म्युजिक भिडियोका साथ दर्शक तथा स्रँेतामाझ आएका छन्। रोमान्टिक शैलीको यो गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्कीले निराजन प्रधानसँग अनस्क्रिन रोमान्स गरेकी छिन्।

हरि लम्सालद्वारा संगीतबद्ध गीतमा सञ्जिव थापाको शब्द रचना रहेको छ भने संगीतकार लम्सालले नै संगीत संयोजन गरेका छन्। म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन्। भिडियोमा प्रस्तुत भएका प्रियंका र निराजनको जोडीलाई दर्शकले मन पराएका छन् भने गायक लिम्बूको स्वरले पनि प्रशंसा पाएको छ। भिडियोमा प्रेमि–प्रेमिकाको रूपमा प्रस्तुत भएका प्रियंका र निराजनले गीतको शब्दमा व्यक्त गरिएका प्रेमिल भावनालाई अभिनयमार्फत प्रस्तुत गरेका छन्। हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्ष्ँेत्रमा सक्रिय गायक लिम्बू सुगम संगीतको क्षेत्रमा स्थापित छन्। शास्त्रीय संगीतमा स्नातकोत्तर उत्तीर्ण गरेका लिम्बुले यसअघि गाएका गीतमध्ये धानै नाचिन्छ, माया मेरो झुटो रे, फेसबुकैले, यो मुटुमासहितका लोकप्रिय छन्। करिब ५ दर्जन गीतमा स्वर दिइसकेका गायक लिम्बूले फिल्मको पाश्र्व गायनमार्फतसमेत आफूलाई प्रमाणित गरिसकेका छन्।