रियल म्याड्रिडले रच्यो इतिहास: लगातार दुईपटक उपाधि जित्ने पहिलो टोली


कार्डिफ,
सबैभन्दा धेरै पटक प्रतियोगिता जितेको रियलले शनिबार राती कार्डिफमा भएको फाइनलमा युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको दुई दशक बढीको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने पहिलो टोली बन्दै नयाँ इतिहास रच्न सफल बनेको छ ।

प्रतियोगिताको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोकै दुई गोलको मद्दतले रियलले अन्ततः उपाधिमाथि किर्तिमानी १२ औँ पटक उपाधि जितेको हो ।

नकआउट चरणमा बार्सिलोनासमेत हराएर फाइनलको यात्रा तय गरेको युभेन्टसले यो सिजन च्याम्पियन्स लिगमा उस्तै दाबेदार मानिएको थियो ।

शुरुदेखि रियलमाथि दबाब राख्दै रियलको पोष्टमा आक्रमण गरेको गरेको तर, युभेन्टसको दुईवटा प्रहारलाई गोलकिपर केलर नाभासले उत्कृष्ट बचाउ गरे ।
त्यसपछि आफ्नो पहिलो आक्रमणमा नै ड्यानी कार्भाहालको पासमा रोनाल्डोले खेलको १९ औँ मिनेटमा रियललाई अग्रता दिलाए ।

तर, गोल गरेको ७औँ मिनेट पछि मारियो मान्डुज्किचले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।त्यसपछि पहिलो हाफको खेल सकिएको थियो

दोस्रो हाफको खेलमा भने रियल म्याड्रिड खेलको ६१ औँ र ६४ औँ मिनेटमा कासिमेरो र रोनाल्डोले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए ।

हुवान क्वाडराडोले दुईवटा पहेँलो कार्ड खाँदै बाहिरिएका थिए । जसको फाइदा उठाउँदै मार्को एसेन्सियोले रियलका लागिखेलको अन्तिम ६ मिनेटमा युभेन्टस चौँथो गोल गर्दै ला लिगा च्याम्पियनका लागि उपाधि सुनिश्चित गरे ।