सोतोकानमा नेपालको वर्चश्व

0
Shares

काठमाडौं, (नेस)
प्रथम दक्षिण एसियाली
सोतोकान कराँते च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व जमाएका छन्। त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको च्याम्पियनसिपको पुरुष २० केजीतौल समुहमा नेपालका आरोग्य लामाले भारतका कार्तिक शर्मालाई हराएर स्वर्ण जिते। जसमा नेपालका समीर लामा र भारतका रुद्र सिंहले कास्य जिते।

२५ केजीमा नेपालका साजन गुरुङले भारतका कृष्ण गोपाल शर्मालाई पराजित गरी स्वर्ण हात पारे। त्यस्तै नेपालका सुवास लामा र भारतका आध्यम जैनले कास्य हासिल गरेका थिए। ३० केजीमा नेपालका सन्देश राईले भारतका आदित्य तोमारलाई हराएर स्वर्ण जित्दा भारतका पारस कुशवान र नेपालका साजन गुरुङले कास्य हात पारे।

पुरुषकै ३५ केजीमा नेपालका कृष्ण तामाङ भारतका अमन जोशीसँग हारेर रजतमै चित्त बुझाए। सो समूहमा नेपालका सन्तोष अधिकारी र भारतका सामर विष्टले कास्य जिते। यस्तै ४० केजी तौल समूहमा नेपालका दिप राजबाहकले स्वर्ण जिते। उनले भारतका हर्षसमन सिंहलाई पराजित गरेका थिए। नेपालका यामबहादुर समालले भारतका अंकुर शाक्यलाई ४५ केजी तौल समूहमा हराउदै स्वर्ण जिते। पुरुषकै ५० केजी तौल समुहमा नेपालका बिक्रम लामाले भारतका नमन अदिगोरलाई पराजित गदै स्वर्ण जिते। पुरुष ५५केजीमा भारतका कुलदिप सिंहले नेपालका उज्वल गोदार थापालाई फाईनलमा हराए।