किरण र रजनी मोडल अफ इराको उपाधि

0
Shares

राजधानीमा सम्पन्न मोडल अफ इरा सिजन–२ को उपाधि किरण खनाल र रजनी प्रजापतिले चुमेका छन्। विजेता किरणले भ्युवर्स च्वाइस अवार्ड र रजनीले मस्ट ब्युटिफुल उपाधिलाई पनि आफ्नो बनाएका छन्।

कृजोना मिडियाले राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा दिपेश ठोकर र आकृति थापा फस्ट तथा अनुष खड्का र प्रीति थापा सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा आयुष खड्का मस्ट ह्यान्डसम, दिपेश ठोकर बेस्ट फिजिक्स, ज्योती तामाङ बेस्ट फिगर, राजेश श्रेष्ठ र आकृति थापा बेस्ट पर्सनालिटी, विशेष तामाङ र नमी पौडेल बेस्ट ट्यालेन्टेड, मनिषा पाल भ्युवर्स च्वाइस, सन्देश श्रेष्ठ र प्रिती थापा बेस्ट वाक, आभाष भट्टराई र रुक्साल प्रजापति फेसबुक मल्टिमिडिया तथा कृतिक तामाङ र पूजा थापा फोटोजेनिक चुनिए।

प्रतियोगितामा मोडल दीपक घिमिरे, मिस्टर नेपाल गणेश अग्रवाल, मोडल जेनस लामा, ज्योती गिरी र अभिनेता गौरव पहारी निर्णायक रहेका थिए। अभिनेता सुनिल थापा प्रमुख अतिथी रहेको उक्त प्रतिस्पर्धामा प्रतिस्पर्धी मोडलहरूले एजे योल्कका पहिरनहरू शोकेस गरेका थिए।