शीतलले फेरि ल्याइन् पानी जहाज

0
Shares

गुल्मी, (नेस)। पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारले नेपालमा पानी जहाजका सम्भाव्यता कुराहरू गरेसँगै कलाकारले भने गीतमार्फत पानी जहाज ल्याएका थिए। गत वर्ष सार्बजनिक गायक बैकुण्ठ महत र गायिका शीतल शर्माको स्वरमा पानी जहाज गीतले निकै चर्चा र लोकप्रिय पायो।

गायिका शर्माले पहिलो एल्बम पानी जहाज १ मा पूर्वप्रधानमन्त्री केपी वलीले विभिन्न कार्यक्रममा बोल्ने गरेका शब्दलाई समेटर सांगीतिक रूपमा सार्बजानिक गरेकी थिइन्। उक्त गीतले सर्वत्र चर्चा पाएपछि शर्माले आर्थिक समृद्धिको विषयलाई जोडेर पानी जहाज २ सार्वजनिक गरेकी छन्। उनले पूर्वप्रधानमन्त्री केपी ओलीबाट पानी जहाज २ आर्थिक समृद्धि सांगीतिक कोशेली सार्वजानिक गरेकी हुन्। गीतमा बैकुण्ठ महतले लय शब्द सृजना गरेका छन् भने गायक बैकुण्ठ र गायिका शर्माको स्वर छ। हरेक पर्वितनमा लड्यौं अब देशमा पालो आर्थिक समृद्धिको भन्ने मूख्य भाव गीतमा रहेको गायिका शर्माले बताइन्।

राजनैतिक गतिविधिलाई खबदारी गर्दै नेपालमै उद्योगधन्दा खोलौँ, आफ्नै देशमा केही गरौँ, स्वावलम्बी बनौँ भन्ने मुख्य सन्देश गीतमा रहेको छ। देशमा बन्द हडताल बन्द गरी सबैलाई कृषिमा प्रेरित गरौँ, आफू पनि लागाँै जस्ता शब्द रहेका छन्। गीतले मातृभूमिमा केही गरौं भन्ने सन्देश रहेको गायक महतले बताए। गीतको म्युजिक भिडियो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर छायांकन गरिएको छ।