मणि र सोनुलाई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)
टाइम्स इन्टरनेसनल कलेजका मणिकुमार लामा र क्यापिटल कलेज अफ रिसर्च सेन्टर (सीसीआरसी) की सोनु थापा मगरले प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको अन्तिम दिन स्वर्ण जितेका छन्। बिहीबार कलेजतर्फ सिंगल्सको पुरुषमा मणि र महिलामा सोनु च्याम्पियन बनेका हुन्। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मणिले लिभरपुल इन्टरनेसनल कलेजका नारायण घिमिरेलाई ११–६, ११–८, ८–११ र ११–८ को सेटमा पराजित गरे। अर्को फाइनलमा सोनुले लिभरपुलकै सिक्का सुवाललाई ५–११, ११–८, ११–१३, ११–८ र ११–६ को सेटमा हराइन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको स्कुलतर्फ यु–१६ सिंगल्सको ब्वाइजमा एभीएमका सन्योग कपालीले आफ्नै स्कुलका सन्जिव गुरुङको चुनौती ११–६, ११–४ र ११–९ को सोझो सेटमा समाप्त पार्दै उपाधि जिते। सोही स्पर्धाको गल्र्समा प्रभातकी अन्जु सुवाल च्याम्पियन बनिन्। अन्जुले प्रभातकै मनिषा सुवाललाई ११–५, ११–७ र ११–७ को सिधा सेटमा पाखा लगाइन्।