स्पर्धामा एसईई सुन्दरी

0
Shares

विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले आगामी असार ३ गते शनिबार राजधानीमा मिस्टर एन्ड मिस एसईई नेपाल्स (एसएलसी) आइकन २०१७ आयोजना गर्ने भएको छ। मिडिया हाउसका प्रबन्ध निर्देशक लवबहादुर कार्कीका अनुसार एसईई दिएर बसेका किशोरकिशोरीको आत्मविश्वास तथा व्यक्तित्व विकासका लागि राष्ट्रियरूपमा यो प्रतियोगिता आयोजना गरिन लागेको हो।

जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा किशोरतर्पm सिजन सेन, नोर्बु लामा, निरोज बुढाथोकी, अनिश शाह, राविन डाँगी, अमृत थापा, सुमन कौशिक, साकार श्रेष्ठ, यशकुमार गुप्ता, सुजल तण्डुकार, पार धामी, योगेश गुरुङ, सिरक श्रेष्ठ जोशी, प्रवीण थापा मगर, सोनु जैसवाल, ग्यालजेन लामा, अनिश सिंह, सञ्जय राई, सुनील बोहरा, सोवित बस्नेत, सिजल तामाङ र उज्वल भट्टराई सहभागी छन्। त्यसै गरी किशोरीतर्पm ऐश्वर्य घिमिरे, प्रमिला श्रेष्ठ, योजना वन्त, तृप्ति श्रेष्ठ, दीपिका थापा मगर, सुजता अमगाईं, कृति श्रेष्ठ, प्राप्तश्री निरौला, सविना पराजुली, सिर्जना थापा मगर, सुविना खड्का, निशा जैसवाल, अञ्जली कँडेल, अनुष्का अधिकारी, रविना बराल, रक्षा डंगोल, अलिसा मल्ल ठकुरी, स्मीति श्रेष्ठ, नवज्योति कुमारी साह, अस्मिता भण्डारी, तिषा मानन्धर र सलिना केसीले स्पर्धा गर्दै छन्।
काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रतियोगिताको अन्तिम स्पर्धाका लागि प्रतियोगीहरूलाई प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीले जानकारी गराए। प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुनेछ।