करिना गर्भावस्थाबारे पुस्तक लेख्दै

0
Shares

बलिउड नायिका करिना कपुर खानले अब आफ्नो परिचय लेखिकाको रूपमा पनि स्थापित गर्ने भएकी छिन्।

भारतीय सञ्चारमाध्महरुले जनाएअनुसार उनी अब आफ्नो गर्भावस्थाबारे एक किताब लेख्ने तयारीमा जुटेकी छिन्। जसका लागि उनले दुई लिडिङ पब्लिसर्ससँग पनि कुरा अगाडि बढाइसकेकी छिन्।

करिनाले आफू गर्भवती हुँदा पनि फिल्म र सुटिङका काम गर्न बन्द गरेकी थिइनन् भने उनको छोरा तैमुर अलि खान जन्मेको ४५ दिन नपुग्दै पार्टीहरुमा देखिन थाालेकी थिइन्। खबरअनुसार उनी यो किताब गर्भावस्थासँग जोडिएको नियमहरुको विचार गर्न तथा गर्भवती महिलालाई प्रेरणा दिने उद्देश्य लिएर लेख्दै छिन्।

सूत्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार किताबको माध्मबाट उनी आफ्नो विचार अरू समक्ष राख्न चाहन्छिन्। किताबद्वारा उनी एक बच्चालाई जन्म दिनासाथ एक एक्ट्रेसको करिअर सकिँदैन भन्ने कुरा बताउन चाहन्छिन्। साथै उनी गर्भवती महिलाहरुलाई गर्भावस्थाको बेला लुकेर बस्नु हँुदैन भन्ने जानकारी गराउन चाहन्छिन्। साथै गर्भावस्थापछि आफ्नो खानपान तथा वजन कम गर्ने तरिका आफ्नो पुस्तकमार्फत् दिन चाहन्छिन्।