विशाललाई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)
आदर्श विद्या मन्दिर (एभीएम) का विशाल गोलेले प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको स्कुलतर्फ मंगलबार स्वर्ण जितेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको यू–१२ ब्वाइज सिंगल्सको फाइनलमा विशालले अरुणिमाका क्षितिज खनाललाई ११–७, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको स्कुलतर्फ नै टिम इभेन्टको ब्वाइजमा एभीएमले प्रोक्सिमालाई ३–२ तथा गल्र्समा विजेश्वरीले स्वर्णिमलाई ३–० ले हराउँदै पहिलो स्थान हात पारे।