नेम्पा अवार्ड अमेरिकामा

0
Shares

नेपाल चलचित्र संघले विगतमा जस्तै फिल्मकर्मीलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि पहिलेजस्तै नेपाल मोसन पिक्चर अवार्ड आयोजना गर्ने भएको छ।

‘केही वर्षदेखि गर्दै आइरहेको अवार्डले कारणवश निरन्तरता पाउन सकेन। तर, चलचित्रकर्मीहरूको सम्मान र प्रोत्साहनका लागि नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियरूपमा समेत पहिचान गराउन र नेपाली चलचित्रको बजार विस्तारमा समेत योगदान पुर्याउने उद्देश्यले अब हामी नेम्पा फिल्म अवार्ड २०१७ गर्दै छौं –अवार्डबारे जानकारी दिन मंगलबार संघको कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रदीपकुमार उदयले भने।

उनका अनुसार अवार्डमा १८ विधामा प्रतिस्पर्धा गराइनेछ भने एक जनालाई लाइफटाइम अचिभमेन्टबाट सम्मान गरिनेछ। अवार्ड कार्यक्रम अमेरिकाको डब्स इन्टरटेनमेन्टसँगको सहकार्यमा सेप्टेम्बरको दोस्रो साता डलासमा हुने जनाइएको छ। त्यस अवसरमा अमेरिकामा रहेका नेपाली फिल्मकर्मी र फिल्मप्रेमीसँग अन्तरक्रिया गरिने कार्यक्रम पनि रहेको छ। समारोहमा नेपालबाट करिब ४० जना फिल्मकर्मीको सहभागिता रहनेछ। यसै गरी नेम्पा फिल्म अवार्ड २०१८ केगरिराडटकम अस्ट्रेलियाको सहकार्यमा अस्ट्रेलियाको सिड्नीमा सम्पन्न हुनेछ। यसै वर्षदेखि संघले विद्यार्थीबीच नेपाली फिल्मका बारेमा बहस र छलफलको वातावरण बनाउँदै विद्यार्थीलाई नेपाली फिल्मप्रति अभिरुचि जगाउने उद्देश्यले चलचित्र क्षेत्रमात्र समेटिएको सिने क्विज र मुभी अफ द मन्थ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।