चाँगुनारायण–८ मा एमालेको समूह विजयी


भक्तपुर, १६ जेठ । चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ ।

वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजुले एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहनुभएका सोम मिश्रले सात हजार ४६४ मत र उपप्रमुख विना बास्तोलाले सात हजार ८३६ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

यता नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले छ हजार ३९७ मत र उपप्रमुखमा सरु बाँनियाले छ हजार ९६५ मतले पछ्याउनु भएको छ ।