एसईई आइकन हुँदै

0
Shares

एएनपी मिडिया हाउसले आगामी असार १ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिस्टर एन्ड मिस एसईई (एसएलसी) आइकन–२०१७ प्रतियोगिता गर्ने भएको छ।

छात्र–छात्राको बौद्धिक र व्यक्तित्व विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागिएको मिडिया हाउसका पबन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए। प्रतियोगितामा किशोरहरूतर्फ अर्यन दर्लामी मगर, लुजा वज्राचार्य, इचन गिरी, राजविक्रम गोदार, इशान तुलाधर, इरिस महर्जन, पासाङ लामा, मनवीर राई, दिवाकर श्रेष्ठ, कुसाल तामाङ, सुमन श्रेष्ठ, राजीव पण्डित, स्वयम् मानन्धर र समन मधिकर्मी तथा किशोरीहरूतर्फ पपुसा भण्डारी, सुस्मिता बुलुन, रक्षा रायमाझी, सीमा राई, सुस्मिता परियार, सन्ध्या वस्ती, पालिस्था वज्राचार्य, मुस्कान चित्रकार, अनिशा श्रेष्ठ, इशा श्रेष्ठ,
दीक्षा दाहाल, कृष्टिना कायस्थ, प्रशंसा श्रेष्ठ, सनिशा साही, युनिशा बुढाथोकी, नान्सी केसी, सुमिला महर्जन, रोशनी तामाङ, वर्षा ढकाल, सोनाल प्रधान, प्राप्त श्रेष्ठ, सञ्चिता श्रेष्ठ, सुस्मिता श्रेष्ठ, समिसा थापा, रजनी महर्जन, स्मृति खर्ती, अञ्जली तामाङ र परिस्थी श्रेष्ठ अन्तिम स्पर्धामा भिड्दै छन्।

प्रतियोगितामा सामेल प्रतियोगीतहरूलाई प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचालीको अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति तथा मोडलिङसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिने आयोजक कार्कीले जानकारी गराए। प्रतियोगिता शम्भुप्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चानलमा हुँदै छ।