मुर्चुंगाको संगीत सार्वजनिक

0
Shares

उदय सुब्बाको निर्माण तथा दिलप्रकाश याक्सोको निर्देशनमा बनाइएको फिल्म मुर्चुंगाको आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ।

नेपालको सुदूरपूर्वमा बसोबास गर्नेको जनजीवनमा आधारित मुर्चुंगाको सार्वजनिक गीतमा विकास चौधरीको संगीत तथा दिनेश पाख्रिनको कोरियोग्राफी रहेको छ। यसका गीतमा राजेशपायल राई, दीपक लिम्बु र मेलिना राईले स्वर भरेका छन् भने हरि उप्रेतीको शब्द रचना रहेको छ। फिल्ममा जीवन लिम्बु, कला राई, बुद्धि तामाङ, सुरवीर पण्डित, विष्णु सापकोटा, उदय सुब्बा, केदार उप्रेती, लक्षु शर्मा, रश्मी भट्ट, मनोज राई, राजेन्द्र चोङवाङलगायतले अभिनय गरेका छन्। हरि उप्रेतीको प्रस्तुतिमा भीम चोङवाङ, जीवन सुब्बा, राजेन्द्र चोङवाङ, नवीन लिम्बु र मनोज राईको लगानी फिल्ममा रहेको छ। कार्यक्रममा बोल्दै निर्माता उदय सुब्बाले फिल्ममा धेरै मंगोलियन कलाकार भए पनि जनजाति फिल्म नभएको दाबी गरे।