रणवीर र दीपिका सँगै

0
Shares

बलिउड नायक रणवीर सिंह तथा नायिका दीपिका पादुकोणले आफूहरूबीच साथीको मात्र सम्बन्ध रहेको बताउँदै आएका छन्। तर, उनीहरूको हाउभाउ हेर्दा लाग्छ रे उनीहरूको साथी मात्र नभई अरू केही हुन्।

अब उनीहरू लिभ इन रिलेसनसिपमा छन् भन्ने चर्चासमेत चल्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एक भारतीय अनलाइनका अनुसार रणवीरले शहरभन्दा टाढा एक घर लिएका छन्, जहाँ उनी आफ्नो तथाकथित गर्लफ्रेन्ड दीपिकासँग बस्छन्। रणवीर तथा दीपिका यति बेला फिल्म पद्मावतीको सुटिङमा व्यस्त छन्। यस फिल्मको केही दृश्य कोल्हापुरमा खिचिने योजना थियो। तर, त्यहाँको माहोल फिल्म सुहाउँदो नभएपछि दहिसारमा फिल्म खिच्ने निर्णय गरियो। जुन लोकेसन रणवीरको घरदेखि निकै टाढा पर्छ। पटक–पटक आउने जाने गर्दा मुम्बईको ट्राफिक जामदेखि दिक्क भएका उनले सुटिङस्थल पायक पर्ने स्थानमा घर लिए र त्यही बस्न थाले। जब दीपिकाले यो कुरा चाल पाइन्, उनी पनि त्यहीं सिफ्ट भइन्। उनीहरूको सँगैको बसाइ केही दिनका लागि मात्र हो या सधैंका लागि हो भन्ने कुराचाहिँ फिल्मको सुटिङपछि थाहा हुने चर्चा समाचारमा गरिएको छ।