इडेन ब्रिज सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)
इडेन ब्रिज एकेडेमी र आयोजक हिमालयन एकेडेमी प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन्। इडेन ब्रिजले द एक्सेल्सियर स्कुललाई १८–२ ले पराजित गर्यो। विजेताकी सुमिना कार्कीले १४ अंक जोडिन्। दीक्षा खड्काको ६ अंक सहयोगमा हिमालयनले विल्सन एकेडेमीलाई १०–४ ले हरायो।

सिनियर गल्र्समै रिलायन्सले जेनिथलाई २७–६ तथा स्वर्णिमले कान्तिपुरलाई १५–६ ले हराउँदै सेमिफाइनलमा पुगे। रिलायन्सकी कविता श्रेष्ठले १० तथा स्वर्णिमकी प्रमिला दाहालले ७ अंक जोडे। सिनियर ब्वाइजमा नेरिकले कमललाई २३–१४, ज्ञान निकेतनले आयोजक हिमालयन एकेडेमीलाई ४०–२०, रेडिअन्टले पुष्प सदनलाई ३१–१९ तथा विल्सनले होली भिजनलाई ३१–१५ ले पाखा लगाउँदै सेमिफाइनलमा पुग्न सफल भए।

जुनियर ब्वाइजमा महामञ्जुश्रीले नेरिकलाई २६–२१, पुष्पसदनले वसुन्धारा नेसनल एकेडेमीलाई १७–८, लालीगुराँस नेसनल एकेडेमीले पिपुल्स एकेडेमीलाई २१–१३ तथा सेबले ग्रिनफिल्डलाई २५–१२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरे।