ट्रेलरमा धनपति


पशुपतिप्रसादको सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनाल प्रोडक्सन्स

गको सहकार्यमा निर्माण गरेको फिल्म धनपतिको शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
‘राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपति द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बस्छ। गर्जाे टार्नका लागि सानो रेस्टुरेन्टमा काम गर्ने अलावा ऊसँग अन्य आयस्रोत छैन। इमान बेच्न नचाहने ऊ स्वाभिमानी छ। ‘छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छु, फिल्मका निर्देशक दीपेन्द्र के. खनालले फिल्मको कथावस्तु खुलाउँदै भने– ‘त्यही स्वाभिमानी धनपतिको स्वाभिमानको कथा हो यो फिल्म।’
फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।
रोजिना सिटौलाको निर्माण, ओम गुरुङको सहायक निर्माण तथा रजना नापित र समीर देवकोटाको सहनिर्माण रहेको फिल्ममा लेखन खगेन्द्र लामिछाने, संगीत आधा सुर र सम्पादन दीर्घ खड्काको रहेको छ भने छायांकन निर्देशक दीपेन्द्र के. खनाल स्वयम्ले गरेका छन्। ‘मेरो फिल्मी जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको फिल्म हो यो।

म आफैं पनि यो सिनेमा दर्शकसँगै बसेर हेर्न आतुर छु’ –निर्देशक खनालले भने।