जोर्डनको रेकर्ड जेम्सले तोडे


न्युयोर्क, (एजेन्सी)
आफ्नो टोली क्लेभल्यान्ड क्याभालीएर्सलाई लगातार तेस्रो पटक एनबीए फाइनल्समा पुर्याएका लीब्रोन जेम्सले माइकल जोर्डनको १९ वर्षको रेकर्ड तोडेका छन्।

शुक्रबार क्लेभल्यान्डले बोस्टन सेल्टिक्सलाई १३५–१०२ स्कोरले हराएर गोल्डेन स्टेट वारियर्ससँग फाइनल खेल्ने पक्का गरेको थियो। सो खेलमा ३२ वर्षीय जेम्सले शिकागो बुल्सका लिजेन्ड बास्केटबल खेलाडी जोर्डनको प्ले अफ्समा बनेको सदाबहार रेकर्ड तोडेका थिए।

जोर्डनले प्लेअफ्समा ५ हजार ९ सय ८७ स्कोर गरेर रेकर्ड राखेका थिए। जेम्सले यसलाई ध्वस्त पार्दै २१२ प्लेअफ्स खेलबाट ५ हजार ९ सय ९५ स्कोरको नयाँ रेकर्ड रचेका छन्।

तर खेलको हिसाबमा जेम्सको भन्दा कम खेलेका जोर्डनले १ सय ७९ खेल खेलेका थिए।