वर्षालाई एकल कातामा स्वर्ण


काठमाडौं, (नेस)
मनमैजु डोजोकी वर्षा बुढा मगरले दोस्रो खुला बादोकाइ कराते प्रतियोगिताको महिला एकल कातामा शुक्रबार स्वर्ण जितेकी छन्। वर्षाले बादोरियो रेन्मेइकी तिलगंगा बमजमलाई पराजित गरिन्।

अल नेपाल बादोकाइ कराते संघ, मनमैजु र युनिक चाइल्ड क्लबद्वारा आयोजित प्रतियोगिताको महिला २० केजीमा इचङ्गु नारायणकी सोनम शेर्पा तथा २५ केजीमा मनमैजुकी एन्जिला राईले स्वर्ण हात पारे।

पुरुषको २० केजीमा मनमैजुका रुविन महर्जन, २५ केजीमा मनमैजुका साहिल घले, ३० केजीमा ब्राइट हेभनका कमल श्रीपाली तथा ३५ केजीमा मनमैजुका सौरभ गुरुङले स्वर्ण जिते।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले एक कार्यक्रमबीच उद्घाटन गरे। दुई दिने प्रतियोगितामा २२ डोजोका २ सय ५० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्।