ज्ञान निकेतन क्वाटरफाइनलमा


काठमाडौं, (नेस)
ज्ञान निकेतन प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ज्ञान निकेतनले हेम्सलाई ३०–१६ ले पराजित गर्यो। ज्ञान निकेतनको जितमा मनीष तामाङले १० अंक योगदान गरे। सिनियर ब्वाइजमै पुष्पसदनले ग्रिन लन्सलाई ३४–१८ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो। पुष्पसदनका दोर्जे लामाले ९ स्कोर गरे।

जुनियर ब्वाइजमा लालीगुराँसले पुष्पसदनलाई १८–९ तथा पिपुल्स एकेडेमीले जेनिथलाई २०–१० ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे। लालीगुराँसका प्रिन्स केसीले ९ तथा पिपुल्सका अजय घलेले १३ स्कोर गरे।