नेपाल करातेमा च्याम्पियन


नेपाल समाचारपत्र
काठमाडौं
नेपालले दसौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा नेपालले ३५ स्वर्ण र २४ रजत हात पारेर च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भारत ९ स्वर्ण र २३ रजतसाथ दोस्रो भयो।

प्रतियोगिताको पुरुषमा प्रवीण राई र महिलामा कृषा शेर्पा उत्कृष्ट खेलाडी चुनिए। नेपालका दुवैले समान ५ स्वर्ण र १ रजत हात पारेका थिए। तीनदिने प्रतियोगितामा ७ सय खेलाडी विभिन्न ४७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।