उनका सपना चकानाचुर…….


सलिम अनसारी, प्यूठान ।
१५ बर्ष भन्दा बढी समय भारतमा गाडी चलाए उनका श्रीमानले । घर जेनतेन धानीएकै थियो । छोरा छोरी पढाउन र घरखर्च धान्न धौधौ कमलाले मन कहीलै सानो बनाईनन । श्रीमानलाई आड र भरोसा दिैंदै गईन ।
सबै अफ्ठेरोलाई सामान्य रुपमा स्विकार्दै गयो त्यो परिवारले । जव छोराछोरी ठूला हुँदै गए, घरखर्च बढ्दै गयो अनि अलि आर्थिक भारले पनि च्याप्यो । विदेश जाने र पैसाकमाउने सोचमा त्यो परिवार थियो । धन सम्पती थिएन । भएको घर जग्गा बैंकमा राखेर लोन लिए अनि हराभरा सपना लिएर उनका श्रीमान साउदी अरब पुगे ।

श्रीमानले बिदेशबाट पैसा कमाएर ल्याएपछी सुन्दर सँसारमा रमाउने कल्पना र सपनामा डुबेकी प्यूठान धर्मावती १ की कमला एमसीलाई एक्कासी बज्रपात प¥योे ।

पैसा कमाउन गएका श्रीमान कहील्यै नफर्कने गरी उनिबाट विदा भएको खबर उनका कानसम्म आईपुगे । उनि मुर्छित भईन । ३७ बर्षिया श्रीमान बिक्रम एमसी रोजगारीको शिलसिलामा साउदी अरव पुगेको ६ दिन मै कहील्यै नफर्कने गरी चटक्कै छोडेर गए ।

उनका आखाँ कसरी ओभाउनु अझै ओभाएका छैनन । ऋण धेरै भएर तिर्न नसक्ने भएपछि विक्रमले सात समुन्द्र पारीको बाटो रोज्न परेको थियो । ‘क्यार्नु ऋण धेरै भयो, तिर्न सकेनम’ उनले भक्कानींदै नेपाल समाचारपत्रलाई भनीन, ‘मैले र छोराले अन्तिम पटक उनको मुख देख्नी पाएनम ।’ बिक्रमका दुइ छोरा छन उनले पनि साउदी साईत गर्दा आफ्ना बुबालाई अन्तिम विदाई गरेका रहेछन ।

११ बर्षका अजुन र ९ वर्षिका आमोत एमसी सानै छन । उनिहरु स्थानिय आदर्श आधारभुत बिद्यालयमा क्रमश ७ र ५ कक्षामा अध्यन गर्छन । उनिहरुले ठूलो मान्छे बनने रहछ भन्दै हिंड्छन । तर उनकी आमा कमलालाई त्यो बचनले पोलीरहन्छ । ‘यिनीलाई धेरै पढाएर ठुलो मान्छे बनाउने दुईजनाको सपना थियो । जेनतेन ऋणधन गरेर यीनकै भविष्य सोच्ने गरेका थियौं’ उनि रुँदै भन्छिन, ‘अब मैले के गरुँ, कसरी पठाउँ कसररी यीनलाई ठूलो मान्छे बनाउँ ?’

उनले आफनो श्रीमानको शव ल्याइदिन भनेको भन्यै छिन । तर कस्ले सुन्ने उनकाकुरा ?

श्रीमान बिदेश जादाँ भएभरको सम्पती बैंकमा धितो राखेर निकालिएको थियो पैसा । गहभरी आँसु पार्दै उनको विलौना पोखींदै थियो ।

गत बैशाख ३० गते सडक दुर्घटनामा परी साउदी अरबमा उनका श्रीमानको मृत्यु भएको थियो । बिक्रम एमसीको मृत शरिर अझै घर आउन सकेको छैन । उनि रोजगारका लागी साउदी पुगको ६ दिनमै सवारी दुर्घटनामा परेका थिए । मृत्युको खवरले पिडा दिएको परिवारमा शव नआउँदा झन पीडा थपिदिएको छ । ‘आज १३ दिन बितिसक्यो’ मृतकका काइला दाजु बिदुर एमसीले भन्नुभयो, ‘बिभिन्न निकायमा धाइसकियो तर शव आउने अत्तोपत्तो छैन ।’

शव झीकाउनका लागी सहयोग गर्न भन्दै त्यो परिवारे मेनपावर कम्पनी र श्रम बिभागमा पनि पुग्यो । तर उनीहरुले सहयोग पाएनन । उल्टै २ महीना पछि काम हुने जवाफ पाए । बिक्रम बिदेश जाँदा श्रम सम्झौता, बिमा लगायतका सवै प्रक्रिया पुगेको भएपनी उनिहरुले क्षतिपूर्ति पाएका छैनन । शव नेपाल ल्याईदिने सहयोगि निकाय पाएका छैनन ।

शव न आउँदा घरको काजक्रिया गर्न समेत समस्या छ । घरपरिवारमा दिनहुँ रुवाबासीे छ । घरको चुलो बल्ने टुँगो छैन त्यहाँ । काठमाण्डौको क्षितिज इम्पलोमेन्ट सर्भिस प्राली मार्फत रोजगारीका लागी साउदी पुगेका बिक्रम दमाम शहर स्थित अलअमयायल ट्रान्सपोर्ट कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए । नेपाल स्थित परिवारले उनको मृत्यूको खबर ३ दिन पछी मात्र पाएका थिए ।