कुशादेवीमा चितुवा आतंक


नेपाल समाचारपत्र, काभ्रे ।
पनौती नगरपालिका–३ कुशादेवीमा चितुवाको अक्रमणबाट चार जना घाइते भएका छन् । बदेलले समेत बालीनाली नोक्सान गरेर हैरान भएका स्थानियबासिन्दा चितुवाले दैनिक आक्रमण गर्न थालेपछि आतंकित भएका छन् ।

कुशादेवीका स्थानिय बासिन्दा उद्धव चापागाईले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार वुधवार सिमलवोट भन्ने ठाउमा घास काट्दै गरेकी स्थानिय जानुका सापकोटालाई चितुवाले आक्रमण गरि घाइते बनाएको थियो । भोलिपल्ट विहिवार पाडेल भन्ने ठाउमा दुईजना भिमसेन सापकोटा र माधव सापकोटा लाई पनि चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

चितुवाको आक्रमण फैलिएपछि प्रहरी चौकी कुशादेवी बाट चितुवा नियन्त्रण गर्न गएको टोलिलाई समेत आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट एकजना प्रहरी समेत घाइते भएको स्थानियले बताएका छन् ।