एमाले काँग्रेसको समिकरणमा सरकार हुनसक्छ – बिजुक्छे


पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेस र एमालेको समिकरणमा नयाँ सरकार गठन हुन सक्ने बताउनुभएको छ ।शुक्रबार भक्तपुरस्थित डाक्टर इवामुरा अस्पतालद्धारा आयोजित भक्तपुर नगरपालिकाका मेयर उपमेयर लगायतका पदाधिकारीलाई बधाई तथा स्वागत कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले यस्तो संकेत गर्नुभएको हो ।
सरकारले दोस्रो चरणको निर्वाचन अघि आचारसंहिता विपरित बजेट, नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउँनुभयो । नयाँ सरकार गठनको प्रक्रिया आचारसंहिता विपरित भएको दाबी गर्दै अध्यक्ष बिजुक्छेंले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागि नहुने बताउँनुभयो । उहाँले आफुहरु प्रतिपक्षमा बसेर जनताको हकअधिकार स्थापनाका लागि आवाज उठाउँने बताउँनु भयो ।
अध्यक्ष बिजुक्छेले दोस्रो चरणको स्थानीय तहको निर्वाचन भव्य र सभ्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा झक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति ,उपमेयर रजनी जोशी लगायत नगरका सबै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।