गोसाइकुण्डमा डुवुल्की मार्दा एक महिलाको ज्यान गयो


नेपाल समाचारपत्र, रसुवा । रसुवामा रहेको गोसाइकुण्डमा डुवुल्की मार्दा एक महिलाको ज्यान गएको छ ।
गगंदशहरा मेला भर्न गोसाइकुण्ड पुगेकी काठमाण्ठौ स्थित नैकापकी ३५ वर्षकी रोजिना कार्कीको आज विहान ज्यान गएको हो ।

कार्कीको मृत्युको खवर पाए लगत्तै नेपाली सेना र नेपाल प्रहरीको टोली उद्धारका सामाग्री सहित गोसाइकुण्ड गएको छ ।

घटना वारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले वताउनुभयो ।