वियर भनेर एसिड खाँदा गम्भिर बिरामी


रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङमा एक महिलाले वियर भनेर सल्फ्यूरिक एसिड खाँदा गम्भिर बिरामी परेकि छिन् ।

फुङ्लिङ नगरपालीका ४ कोप्चे निवासी बुद्धिसरा आङ्बुहाङले दोखु ७ स्थित पदम पालुङ्वाको घरमा जाने क्रममा बाटो पर्ने नरमायाँ लिम्बुको घरमा वियर भनेर एसिड खाँदा गम्भिर विरामि परेकि हुन् ।
उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि नेपाली सेनाको हेलीकोप्टरबाट आजै थप उपचारका लागि काठमाडौ लगिएको छ । आङ्बुहाङ पदम पालुङ्वाको बुबाको बरखिमा हिडेको र तिर्खा लागेर बाटोमा रहेको नरमायाँको घरमा पसेकि थिईन ।
पहिले पानी खाने भने पनि वियनै छ भने पछि खाने क्रममा वियर नभई एसिड रहेको प्रहरीले बताएको छ । वियर दिने नरमायाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।