मृगौला रोगीलाई आर्थिक सहयोग


हेटौंडा,(नेस) । हेटौंडा उपमहानगरपालिका पदमपोखरीकी मृगौला रोगी लक्ष्मी स्यांतानको उपचारका लागि नवयुवा समूह नागस्वती, दोहा कतारद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ । हेटौंडा–७, नागस्वती माइती भएकी स्यांतानको उपचारका लागि समूहले नगद ६५ हजार २६ रुपियाँ सहयोग गरेको हो ।

स्यांतानको माइतीघर पुगी समूहका सदस्य अनुप बस्नेत, दिनेश थापालगायत टोलीले सहयोग रकम स्यांतानलाई हस्तान्तरण गरेका हुन् । स्यांतानको उपचारका लागि विदेशमा रहेका मकवानपुरवासी तथा अन्य स्थानका व्यक्तिहरुले समेत सहयोग जुटाउने प्रयास गरिरहेका छन् । लक्ष्मीको दुबै मृगौलाले काम गर्न छाडेको र आर्थिक स्थिति कमजोर भएका कारण जीवन बचाइदिन आग्रह गरिएको छ ।