काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं– ४, १८ र ३२ मा नेकपा (एमाले) आफ्नो समूहसहित विजयी भएको छ भने नेपाली कांग्रेस पनि वडा नं–२० मा आफ्नो समूहसहित विजयी भएको छ ।
उक्त वडामा एमालेका मोहनबहादुर श्रेष्ठले तीन हजार ८१३ मत प्रप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनिशराम शर्माले तीन हजार ४८० मत प्रप्त गर्नुभयो ।
एमालेबाटै महिला सदस्यमा सरु अधिकारीले चार हजार ३२ , दलित महिला सदस्यमा कल्पना सार्की नगरकोटीले तीन हजार ९३९, खुल्ला सदस्यद्वयमा दिनेश महर्जनले चार हजार १०० र ध्रुवप्रसाद त्रिपाठीले तीन हजार ८७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
वडा नं– १८ नेकपा एमाले
वडा नं– १८ मा पनि एमालेकै समूह निर्वाचित भएको छ । वडाध्यक्षमा न्युच्छेकाजी महजर्नले एक हजार ५६ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजन महर्जनले ७८५ मत प्राप्त गर्नुभयो ।
एमालेकै तर्फबाट सो वडाको महिला सदस्यमा हेराशोभा डङ्गोल महर्जनले ११ हजार १२५, खुला सदस्यद्वयमा हेमज्योति शाक्यले एक हजार ४५ र रचना शर्माले ९२४ मत ल्याएर विजयी हुनुभयो दलित महिला सदस्यमा भने उम्मेदवारी परेको थिएन ।
वडा नंं– २० नेपाली काँग्रेस
कामनपामा वडा नं– २० मा राजेन्द्र मानन्धरको समूह नै निर्वाचित भएको छ । मानन्धरले ८७६ मत ल्याएर एमालेका उम्मेदवार विजयकृष्ण श्रेष्ठलाई उछिन्नुभएको हो ।
श्रेष्ठले ८४९ मत ल्याउनुभएको छ । महिला सदस्यमा शोभादेवी मानन्धरले ९३३ र दलित महिला सदस्यतर्फ मञ्जु मकैयाले एक हजार ५३ खुला सदस्यद्वयमा अनेश चित्रकारले एक हजार २०६ र रशेल श्रेष्ठले ७६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
वडा न– ३२ एमाले
महानगरको वडा नं ३२ मा एमालेकै नवराज पराजुलीले पाँच हजार ८७९ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्णबहादुर केसीले चार हजार १९ मत प्राप्त गर्नुभयो ।
एमालेकै तर्फबाट उक्त वडाको महिला सदस्यमा सरिता दाहाल पाँच हजार ९०४ र दलित महिला सदस्य सीता विसङ्खेले पाँच हजार ८६४ मत ल्याउनुभयो ।
यसैगरी खुला सदस्यतर्फ राजेन्द्र न्यौपानेले पाँच हजार ६८० र हिरादेवी पोखरेलले पाँच हजार ४३४ मत ल्याउनुभयो ।
यस महानगरपालिकाको १, २, ३, ४, ५, १८, १९, २०, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३२ वडाको मत गणना सम्पन्न भइसकेको छ भने ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, २१ र ३१ वडाको मत परिणाम आउन बाँकी छ ।
हालसम्म नगर प्रमुख पदका लागि एमाले ४५ हजार तीन सय १३, काँग्रेस ३१ हजार ७७३ हजार, (माओवादी केन्द्र)ले पाँच हजार ७, साझाले १२ हजार ५०३ र विवेकसीलले १६ हजार ५३२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी उपप्रमुख पदका लागि काँग्रेसले ४१ हजार २२३, राप्रपाले २४ हजार ६१८, (माओवादी केन्द्र)ले ६ हजार ६७४ र साझा पाटीले आठ हजार ८६ मत प्राप्त गरेको छ । अहिलेसम्ममा एक लाख ३६ हजार ६११ मत गणाना भएको छ । यस महानगरपालिका भित्र एक लाख ७२ हजार ३८३ मत खसेको थियो । रासस
प्रतिक्रिया