निलको सलुन कोलकोतामा पनि

0
Shares

चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले भारतका विभिन्न स्थानपछि कोलकोतामा पनि निल डेभिड्स सलुन विस्तार गरेका छन्।

सोमबार पश्चिम बंगालको राजधानी कोलकोतामा नील डेभिड युनिसेक्स सलुनको निलका साथमा बंगाली अभिनेतृ श्रीलेखा मित्राले शुभारम्भ गरेकी हुन्। सिलगुढी, दार्जलिङ, गान्तोक, कालिमपोङ, दुर्गापुर, बंगाल, झारखण्डलगायतका स्थानमा सलुनले सफलता हासिल गरेपछि कोलकोताको मागबमोजिम कोलकोतामा पनि सलुन सञ्चालनमा ल्याइएको निलले जानकारी गराए। ‘एउटा नेपालीको हेयर कलाले देशमा बाहेक विदेशमा पनि लोकप्रियता पाइरहँदा खुसी लागेको छ। यहाँको सलुनका लागि सोमा तालुकदारले फ्रेन्चाइजी लिनुभएको हो’, निलले भने– ‘सन् २०२० सम्म निल डेभिड्स युनिसेक्स सलुन भारतका प्रमुख शहरमा हुनेछ भन्ने विश्वास लिएको छु। धेरै ठाउँबाट माग आइरहेको छ।’

झापाको लक्ष्मीपुरका निलले सन् २००६ मा काठमाडौंबाट सञ्चालनमा ल्याएको निल डेभिड्स सलुन अहिले नेपालका विभिन्न १० स्थानका साथमा भारतमा पनि १० स्थानमा सञ्चालनमा छन्। नेपालको हेयर स्टाइलको क्षेत्रमा अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरुषको हेयर सौन्दर्यको काम एकै छानामुनि एकैसाथ हुने गरी युनिसेक्स सलुन सञ्चालन गरेर क्रान्ति ल्याएका निलले ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट विजेता क्रिस्टिना बुलेन्डाबाट हेयर एन्ड मेकअप तथा फिल्मी मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए।

सन् १९९९ मा भारतको दिल्लीस्थित दिल्ली इन्टरनेसन इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनिङ कोर्ष लिएका उनले थाइल्यान्डको फुकेट कसमोबाट पनि हेयर ड्रेसिङ र स्टायल कोर्ष गरेका थिए। हेयर स्टायलमै करियर बनाउने उद्देश्यले उनले बेलायतका विश्वप्रसिद्ध हेयर स्टाइलिस्ट टोनी एन्ड गाइजबाट क्रियट्रिभ हेयर स्टाइलिङ एन्ड कलर कोर्षसमेत गरेका थिए भने ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट विजेता क्रिस्टिना बुलेन्डाबाट हेयर एन्ड मेकअप तथा फिल्म मेकअपको कोर्ष पूरा गरेका थिए।