‘सत्ताका लागि ठूला दलको तालमेल’


भीमदत्तनगर, ९ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गर्नुभएको छ ।

आज बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले निर्वाचनमा काँग्रेस– माओवादी केन्द्र तथा एमाले– राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाउनुभयो । रासस