विद्यालय निर्माणका लागि चाइना एड परियोजना सुरु


पुष्कर बुढाथोकी, भक्तपुर ।
हिमाली क्षेत्रका विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न चीन सरकारले १ अर्व ५१ करोड ५० लाख रुपैयाँको चाइना एड परियोजना सुरु गरेको छ । परियोजना अन्र्तगत हिमाली क्षेत्रमा १० बिद्यालय निर्माण गर्ने सम्झौता भइसकेको र पहिलो चरणमा २ बिद्यालयको निर्माण कार्य शुरु भएको शिक्षा विभागले जनाएको छ ।
शिक्षा विभागमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चिनियाँ राजदुत मिस यु होङ्ग र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले परियोजनाको संयुक्त रुपमा शुभारम्भ गर्नु भयो । कार्यक्रममा शिक्षा सचिव श्रेष्ठले सुविधा सम्पन्न भवन र सम्पूर्ण शैक्षिक पूर्वाधारको व्यवस्थाबाट हिमाली भेगको बालबालिकाले गुणस्तरिय शिक्षा प्राप्त गर्ने र भूकम्पले क्षति भएको विद्यालयहरुको पुर्न निर्माण गर्नुपर्ने बेलामा आएको चीनको सहयोग सह््रानिय भएको बताउनुभयो ।
चिनियाँ राजदुत होङ्गले चीनको सहयोगमा निर्माण हुन लागेको दुई विद्यालयबाट त्यहाका विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नेमा विश्वस्त रहेको बताउदै नेपालमा भूकम्पले भत्काएको भवनको पुर्ननिर्माणमा पनि चीनले सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि चीनको सहयोग जारी रहने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विभागका निर्देशक मित्रनाथ गर्तौलाले चीनको सहयोगमा बन्ने विद्यालयका कारण हिमाली क्षेत्रका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने बताउनुभयो ।परियोजना अन्तर्गत सिन्धुपाल्चोकको ब्रम्हाची गाविस ९ स्थित रत्न राज्य माध्यामिक विद्यालयको भवन ८१ करोड रुपैयाको लागतमा निर्मण हुने भएको छ । ६ सय ३० विद्यार्थीको क्षमता रहने उक्त विद्यालयको भवन आगामी २१ महिना भित्र निर्माण सम्पन्न कार्यक्रममा बताईएको छ ।
उक्त विद्यालयको कक्षा कोठा, संगीत कक्ष, टेबुलटेनिस कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवं कार्यालय, क्यान्टिन ,पुस्तकालय, संयुक्त कक्षाकोठा, प्रयोगात्मक कक्षा, अध्ययन, कला, , शौचालय, खेल मैदान एवं शैक्षिक सामाग्रीहरु रहने छन् ।
परियोजना अन्तर्गत पहिलो चरणमा लमजुङ्गको हिमाली क्षेत्रको भैरव मावि निर्माणका लागि ४ सय १६ बिद्यार्थी क्षमताको ७० करोड ५० लाख रुपैयाको लागतमा आवासिय बिद्यालय भवन निर्माण गरिने भएको छ । कक्षा १२ सम्म संचालन भएको उक्त विद्यालयको पूर्व प्राथमिक कक्षाकोठा, नियमित पढाई हुने कक्षा कोठा, पुस्तकालय, संयुक्त कक्षाकोठा, , क्यान्टिन, शौचालय, खेल मैदान प्रयोगात्मक कक्षा, अध्ययन, कला, संगीत कक्ष, टेबुलटेनिस कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवं कार्याल,लगायतको संचरना निर्माण हुने छन् ।
भवन आगामी २४ महिना भित्र निर्माण सम्पन्न हुने योजना महाशाखाका निर्देशक दिपक शर्माले बताउनुभयो । शिक्षा विभागले हिमाली भेगका बिद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने उदेश्यले सो परियोजना शुरु गरेको हो ।