सामाजिक संजालले बाल विवाह बढायो


रविन भट्टराई, ताप्लेजुङ ।
सुदुर पुर्व ताप्लेजुङमा पनि सञ्चार सामाग्रि र सामाजिक संजालको दुरुपयोगको कारण बालविवाह बढेको महिला तथा बालबालिका कार्यालय ताप्लेजुङले बताएको छ ।

सबैको हातहातमा मोवाईल र नेट सुविधा पुगे सँगै सामाजिक संजालको दुरुपयोगले सानै उमेरमा विवाह गर्ने मनस्थितिमा पुग्ने र घर परीवारको अनुमति विना पनि बाल विवाह हुने गरेको महिला तथा बालबालिका कार्यालय ताप्लेजुङद्धारा प्रस्तुत तथ्याङ्कमा उल्लोख गरीएको छ ।

सोमबार सदरमुकाम फुङ्लिङमा आयोजना गरीएको महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्धमो एक दिने अन्तरक्रिया कार्यक्रममा सो तथ्य प्रस्तु गरीएको हो ।

जिल्लामा केहि बालविवाह मात्र परीवारको कर र दबाबमा भएको देखिए पनि अधिकाँस बालविवाह केटा केटिकै सहमतिमा मात्र हुने गरेको सो कार्यालयकि सरीता लिङ्देनले बताउनुभयो ।

२०६८ को तथ्याङ्क अनुसार ताप्लेजुङमा ७.८ प्रतिसत बालविवाह हुने गरेको छ । कार्यक्रममा बालविवाह र घरेलु हिम्सा विषयक दुईवटा कार्यपत्र प्रस्तुत गरीएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का, स्थानिय विकास अधिकारी नरहरी भण्डारी सहित जिल्लाका केहि महिला समुहका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र सञ्चारकर्मिको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रस्तुत प्रतिबेदन माथि सञ्चारकर्मि खगेन्द्र अधिकारीले टिप्पणि गर्नुभएको थियो ।