नेता बडाल घर फिर्ता


काठमाडौँ, ८ जेठ । नेकपा (एमाले) सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडाल स्वस्थ्य भई आज घर फिर्ता हुनुभएको छ ।

उहाँको मुटुमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गत वैशाख २९ गते आकस्मिक शल्यक्रिया गरिएको थियो । अस्पतालका डा रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सक समूह सांसद बडालको स्वास्थ्योपचारमा संलग्न थियो ।

पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेपाल सहकारी महासङ्घका अध्यक्ष बडाललाई स्वास्थ्य अवस्थामा प्रगति भएपछि चिकित्सकको सुझावमा चाबहिलस्थित घर लगिएको हो । रासस