मासिक ४६ लाखको खानेपानी


नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डले दैनिक एककरोड १३ लाख लिटर पानी वितरण गर्दै आएको छ । खानेपानी ब्यवस्थापन बोर्डको चौथो वार्षिकोत्सवमा यस्तो जानकारी दिइएको हो ।

दैनिक सरदर ६ देखि ७ घण्टा पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ । मासिक रुपमा ४६ लाख रुपिया“को खानेपानीको बिलिङ गर्दै आएको बोर्डले १२ हजार ८ सय ३८ वटा धारामा पानी वितरण गर्दै आएको छ । हेटौंडाका ८० हजार वासिन्दालाई खानेपानी वितरण गर्दै आएको बोर्ड अध्यक्ष प्रताप बिष्टले बताए ।

हेटांैडामा पानी वितरणका लागि १८ वटा भूमिगत डिप ट्युबवेल निर्माण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, हेटांैडा अस्पताल, सिद्धार्थ मावि, भुटनदेवी माविलगायत संस्थाबाट १३ लाख ४६ हजार रुपिया“ बक्यौता उठाउन बा“की रहेको बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए ।

उत्कृष्ट कर्मचारी विकास लामा र गोपी भण्डारीलाई प्रशंसापत्रसहित सम्मानित गरिएको छ । स्मृति टोल विकास संस्था र लक्ष्मी आधारभूत विद्यालयलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले खानेपानी क्षेत्रमा सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताए ।