पुरन्दर सर पोखरी घाटको शिलान्यास


लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको जलेश्वरस्थित पुरन्दर सर पोखरी घाटको शिलान्यास गरिएको छ ।

धार्मिक तथा पौराणिक महत्वको जलेश्वरनाथ महादेव मन्दिर पूजापाठको लागि आवश्यक मानिएको पुरन्दर पोखरी (गोरधोई पोखरी, महादेव दर्शन पूर्व हात खुट्टा धुने पोखरी) घाट निर्माणको शिलान्यास संयुक्त रुपमा सोमवार महोत्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव खानेपानी स्वच्छत तथा सरसफाई डिभिजन कार्यालका कार्यालयका प्रमुख देवेन्द्र झा, फस्ट राईफल गणका गणपति कृष्ण खड्का क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र जनकपुर गंगा आरतीका मुख्य अभियन्ता रामअशिष यादवले गरेका छन ।
एक करोड रुपैयाको लागतमा निर्माण गरिने घाटमा घेरावाल निर्माण, गार्डेन वाल, फाउन्डेसन र नाला निर्माण गरिने खानेपानी स्वच्छत तथा सरसफाई डिभिजन कार्यालका कार्यालयका प्रमुख देवेन्द्र झाले बताए ।
उनका अनुसार खानेपानी तथा सरसफाई मन्त्रालयबाट ५० लाख र खानेपानी कार्यालय महोत्तरीबाट ५० लाख गरी जम्मा १ करोड रकम उपलब्ध गराईएको छ ।