सरसफाईका सामग्री हस्तान्तरण


लक्ष्मी कुमार साह, महोत्तरी ।
‘जलेश्वर बचाऔं अभियान’ का अभियन्तालाई सोमवार जलेश्वरमा सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले हील टेक टयांक, डस्टवीन,पोछा, फिनेल, कोदालो, बेल्चा, गार्डेन पाईप, गमबुट, डस्टविन फोहर उठाउने पानी तान्ने मोटर लगायतका सरसफाई सामग्रीहरु जलेश्वर बचाऔं अभियान’ का अभियन्ता रमण कुमार चौधरीलाई हस्तान्तरण गरेका छन ।

कार्यक्रममा प्रमुख झाले सेभ जलेश्वर शुरु गरिएको अभियानमा अहिले स्थानीयहरुको सहभागिता बढ्दै गएकाले स्वच्छ, सुन्दर, सफा र हरियो जलेश्वर बनाउन अभियन्ताहरुले आफ्नो निःशुल्क श्रम दिई लागिपरेकोले आफूहरुले दिएको सरसफाईका सामग्रीहरुले केही हदसम्म उनीहरुको अभियानमा थप सहयोग पुगोस् भने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जलेश्वरनाथ महादेवको पूजाको लागि पुरन्दर पोखरीको जलको प्रयोग महादेवको शिवलिंगको साथै अन्य देवीदेवताहरुलाई प्राचिन कालदेखि नै चढाउदै आएकोले सरसफाई अभावमा पोखरी घाट जिर्ण बन्दै गएकोले स्थानीयहरुले थालेको कार्य सराहनीय भएको र निरन्तरता यसमा लागी पर्नमा सबैलाई आहवान गरेको छ ।