विशेषतालाई टर्कीमा उपाधि

0
Shares

टर्कीको बोड्रम शहरमा सम्पन्न बालबालिकासँग सम्बन्धित अन्तराष्ट्रिय सौन्दर्य तथा प्रतिभा प्रदर्शनमूलक प्रतियोगिता लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालकी विशेषता बुढाथोकीले लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी छिन्। उनलाई सो प्रतियोगितामा सहभागी गराउन भूमिका खेलेको ई–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार विश्वका करिब ३ दर्जन मुलुकका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा उनले सब टाइटल जितेको बताए। विशेषता बालुवाटारस्थित जोन डेवे स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा हुन्।

नेपालको प्रतियोगिताअन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटलअन्तर्गतको लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१७ विधामा सेकेन्ड रनर्स अप भएकी विशेषताको अन्तर्राष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्यान्डले गरेको हो। प्रतियोगितामा सहभागी हुनुपूर्व विशेषताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितासम्बन्धी आधारभूत पक्ष तथा प्रस्तुतीकरणका विषयमा कोरियोग्रफर रोजिन शाक्यसँगग प्रशिक्षण लिएकी थिइन्। विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने उनका पहिरन फेसन डिजाइनरद्वय उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार गरेका थिए।