नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी


काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट गरी आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज साँझ भएको भेटमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

भेटमा यही जेठ ११ गते संसदमा राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रमका रहेकाले त्यसका लागि प्रधानमन्त्री दाहालले आमन्त्रण गर्नुभएको शर्माले बताउनुभयो ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत सहभागी हुनुहन्थ्यो । सरकारले यही जेठ १५ गते आव २०७४÷७५ को बजेट ल्याउँदैछ । रासस