उपमहानगरमा माओवादीले खोल्यो खाता


नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । १० वटा वडा गनिसक्दा पनि कुनै वडामा अध्यक्ष नजितेको माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा अध्यक्ष जितेर खाता खोलेको हो । यस वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

२ हजार ५ सय मत खसेको वडा नम्बर १४ मा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार दीपक खड्काले जितेका छन् । उनी नगरमा माओवादी केन्द्रबाट खाता खोल्ने पहिलो अध्यक्ष हुन् । उनले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सानु थिङलाई ५ सय ६२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । खड्काले १ हजार २ सय ३ मत र थिङले ६ सय ४१ मत प्राप्त गरेका थिए ।

१४ नम्बर वडासहित ११ वडामा गरी कांग्रेस माओवादी गठबन्धनका आनन्दराम पराजुुलीको मत १३ हजार ४ सय १८ भएको छ भने एमालेका हरिबहादुर महतको मत १३ हजार १ सय ७९ भएको छ । यसस“गै नेकपा एमालेका महत २ सय ३९ मत पछाडि छन् ।