प्रविधिमा हौसिदै किसानहरु, मेशिन किन्दै, मकै रोप्दै

0
Shares

नरेन्द्र केसी, दाङ । शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुरका भरत खड्का यो बर्षदेखि नयाँ अभ्यासमा जुट्नुभएको छ । यो बर्ष उहाँले मेशिनबाट मकै रोप्नुभएको छ ।

पछिल्लो समयमा दाङको कृषि क्षेत्रमा बढ्दै गएको कृषि प्रविधिको प्रयोगसँगै खड्का पनि प्रविधि प्रयोगमा हौसिनुभएको हो । उहाँले दिप कृषि सहाकारी सस्था लिमिटेडमार्फत सिडड्रील मेशिन किनेर मकै रोप्नुभएको हो । ‘यसअघि यो गाउँमा छिटपुटरुपमा मेशिनबाट मकै रोप्न थालिएको थियो’– उहाँले भन्नुभयो– ‘यसपटक आफैले मेशिन किनेर मकै रोपेका छौं, उत्पादन कस्तो हुन्छ हेर्न बाँकी छ ।’

त्यसो त पातेटाकुराका इन्द्रलाल पौडेलले पनि यसपटक मेशिन खरीद गरेर मकै रोप्नुभएको छ । बयाले कृषि सहाकारी सस्था लिमिटेडमार्फत उहाँले मेशिन खरिद गरी मकै रोप्नुभएको हो । मेशिनबाट लागत घट्ने र उत्पादन बढ्ने भएकाले आफूहरु यसतर्फ आकर्षित भएको पौडेलको भनाई छ ।

दाङ्गको पश्चिम क्षेत्रमामात्रै करिब ८० किसान मकै, भटमास र मुङ्ग समेत छर्न मिल्ने ज्याब पलान्टर खरिद गरेर प्रयोग गर्न थालेका छन् । सहकारीमार्फत मेशिन खरिद गरेर उनीहरुले सहकारी सदस्य तथा अन्य किसानलाई सेवा दिंदै आएका छन् । मेशिन प्रयोगले कृषिमा आधुनिकीकरण हुने र आधुनिकीकरणसँगै कृषि क्षेत्रमा आकर्षण बढ्ने किसानहरुको विश्वास छ ।

त्यसो त मेशिन प्रयोग गर्दा उनीहरुमा सामूहिक भावनाको पनि विकास भइरहेको छ । ‘एक्लै खेतीपाती गर्ने किसानहरु अब मेशिनमार्फत सामूहिकीकरणमा जोडिएका छन्’– पौडेलले भन्नुभयो– ‘यसले सामूहिक भावनाको विकास गर्न पनि सहयोग पुग्ने छ ।’

पछिल्लो समय दाङको कृषिमा प्रविधि प्रयोग बढ्न थालेको छ । दुई बर्षअघिदेखिअन्तराष्ट्रिय मकै तथागहु बाली सुधार केन्द्र (सिमिट) को सिसा परियोजनाले दाङ्गमा मकैको उत्पादनको लागीविभिन्न अनुसन्धान, परिक्षण तथा प्रसारका क्रियाकलापहरु थालेपछि किसानहरुले प्रविधिको बारेमा जानकारी पाउन थालेका हुन् । त्यसमा यो बर्षदेखि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु गरेपछि यो कार्यक्रमले प्रविधि प्रयोगमा थप प्रोत्साहन गरेको छ ।

कृषि सहकारीलाइ लक्षित गरेर सिसा परियोजनाले मकैको अधिकतम उत्पादनको विभिन्नबिषयहरु जस्तै एकिकृत मलखादतथा रोगकिरा व्यवस्थापन, वैज्ञानिक बालीव्यवस्थापन, सिचाइतथा कृषियन्त्रिकिकरणको बारेमातालिम संचालन, सचेतनामूलककार्यक्रम संचालन, प्रर्दशनतथाप्रयोग गराउदै आएको छ । ‘दाङ मकै बाली उत्पादन हुने महत्वपूर्ण क्षेत्र हो’– परियोजनाका क्षेत्रीय संयोजक हिमालय सुवेदीले भन्नुभयो– ‘यसमा प्रविधि प्रयोग गर्दा लागत घट्ने र उत्पादन बढ्ने निश्चित छ ।’

माटो, हावापानी र भौगोलिक दृष्टिकोणको हिसाबले दाङ्गजिल्ला मकै उत्पादनको लागि उपयुक्त रहेको उहाँले बताउनुभयो । ‘जिल्लाको पश्चिमी र दक्षिणी भागहरुमाबर्षे, हिउदे र बसन्ते गरि तिनमौसममा मकै उत्पादनगर्ने गरिएको छ’– सुवेदीले भन्नुभयो– ‘सिचाइको उपलब्धताभएका ठाउहरुमा जुनसुकै समयमा मकैको उत्पादनगर्न सकिने भएकाले पनिदाङ्गजिल्लामायसको उत्पादनविभिन्नमौसममागर्दै आइएको हो ।’