उत्सवमय चुनाव हुने छः प्रम


 धनुषा, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको चुनाव समयमै हुनेमा सबैलाई ढुक्क रहन आग्रह गर्नुभएको छ ।

जनकपुरमा नेकपा(माओवादी केन्द्र), प्रदेश नं २ को पोलिटब्युरो बैठकलाई सम्बोधन गर्नुअघि पत्रकारसँग कुरा गर्दै उहाँले मधेसमा चुनाव उत्सवमय हुने बताउनुभयो । उहाँले मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर छन् भन्दै पहाडमा भन्दा मधेसमा बढी मत खस्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट मधेसको केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यमले पूरा हुने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री आजै राजधानी फर्कने कार्यक्रम छ । रासस