महोत्तरीमा ४ दिने निःशुल्क मोतियाविन्दु अपरेशन गरिने


लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका लगायत विभिन्न गाउँपालिकामा निःशुल्क ४ दिने अपरेशन गरिने शिविर रहेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका लगायत पिपरा गाउँपालिका, मनरा गाउँपालिका, हलखोरी गाउँपालिकामा ४ दिने निःशुल्क मोतियाविन्दु अपरेशन गरिने शिविर रहेको नेपाल रेडक्रस शाखाका अध्यक्ष दिपक मिश्राले बताए ।

सो शिविर १६ गते पिपरामा स्थानिय आयोजक पिपरा उपशाखाको नेतृत्वमा, १७ गते मनरामा स्थानिय आयोजक साढा उपशाखाको नेतृत्वमा, १८ गते हलखोरीमा स्थानिय आयोजक हलखोरीको नेतृत्वमा, १९ गते जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा उम्मेदवारी दर्ता दिने समय तोकिएकोले सो दिनमा बढी भीड हुने भएकोले सो दिनलाई छाडी २० गते जलेश्वर नगरपालिकामा स्थानिय आयोजक जलेश्वर उद्योग वाणिज्य संघ र जलेश्वर नगरपालिका जलेश्वरको पहलमा गरिने तय गरिएको छ ।
महोत्तरी लगायत विभिन्न जिल्लाबाट आएका आँखा सम्बन्धी बिरामीहरुलाई शिविरमा मोतियाविन्दुका बिरामी फेला पारी १६ गते आउने मोतियाविन्दु विरामीलाई १७ गते अप्रेसन गरिने, १७ गते आउनेलाई १८ गते अप्रेशन गरिने, १८ गते आउनेलाई २० गते अप्रेसन गरिने र २० गते आउनेलाई २१ गते अप्रेशन गरिने नेपाल रेडक्रस महोत्तरी शाखाले जनाए । यसका लागि जलेश्वर अस्पतालसंग पनि रेडक्रस शाखाले ओटी सेटअफको माँग समेत गरेका छन् ।
शिविरमा एक दिनमा ५० जना बिरामीलाई मोतियाविन्दुको अपरेशन गरियो भने ४ दिनमा दुई सय बिरामीहरुको शल्यक्रिया गरिनेछ । तर ५० जनालाई मात्र अपरेशन गरिने त्यो सीमित नभएको उनले थपे । उनले बढीभन्दा बढी मोतियाविन्दुका बिरामीहरु कसरी यसबाट फाईदा लिनसकिने लक्ष्य राखेको छ ।

सो शिविरबाट बढीभन्दा बढी मोतियाविन्दुको सफल अपरेशन गरियो भने जलेश्वरमा महिनाको एक दिन भए पनि सर्जरी जलेश्वरमा नै हुने हाम्रो प्रबल ईच्छा रहेको उनले बताए । साथै अहिलेको समयमा आँखाको बिरामीहरु चेकजाँच गराउनको लागि जनकपुर वा लहान जाने गरेको समस्या छ । यसका लागि पनि कम्तिमा महिनाको एक दिन भए पनि जलेश्वरमा नै सर्जरी हुने हामीहरुको प्रबल विचार रहेको छ ।