अनिश्चतकालिन रसुवा वन्द फिर्ता


नेपाल समाचारपत्र , रसुवा । खुकुरी प्रहार घटनामा संलग्न दोषीलाई कार्वाहीको माग गर्दै नेकपा एमाले रसुवाले आयोजना गरेको अनिश्चितकालिन रसुवा वन्द फिर्ता लिएको छ ।

शुक्रबार गोसाइँकुण्ड–५ स्याफ्रुमा फुर्वा स्याङवो तामाङलाई खुकुरी प्रहार गरी फरार भएका रिस वाङदी तामाङलाई हिजो राती प्रहरीले पक्राउ गरेपछि वन्द फिर्ता लिएको हो ।
खुकरी प्रहार गरि भागेका तामाङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिको टोलीले चिलिमेस्थित जङ्गलमा लुकिरहेको अबस्थामा हिजो राती फेला पारेको प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइँले वताउनुभयो ।

खुकुरी प्रहारमा संलग्न १७ वर्षका छरिङ घले हिजो दिउँसो पक्राउ परेका थिए ।

त्यसगरी नौकुण्ड गाउँपालिका–१ यार्साका जयराम घले र श्यामलाल तामाङलाई खुकुरी प्रहार गरि भागेका ८ जनामध्ये दुई जना मात्र पक्राउ परेका छन् ।