बैतडीमा असिनाले साढे दुई करोडको क्षतीे , खाद्यान्न संकट हुन सक्ने


नेपाल समाचारपत्र, बैतडी । असिनापानी र हावाहुरीले कृषि क्षेत्रमा साढे दुई करोडको क्षतीे गरेपछी बैतडीमा खाद्यान्न संकट हुने सक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत महिना वैशाखको अन्तिम साता लगातार परेको असिनापानी संगैको हावाहुरीले बैतडीको विभिन्न क्षेत्रमा लगाईएको गहुँबालीमा ठुलो क्षती पुगेकाले यो बर्ष बैतडीमा खाद्यान्न संकट हुने योजना अधिकृत कर्ण बहादुर चन्दले बताउनुभयो ।

करिब १ हजार हेक्टर जमीनमा लगाईएको गहुँबाली,तरकारी र फलफुल गरी २ करोड ५१ लाख ५० हजार बराबरको क्षती गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्ण बहादुर चन्दले जानकारी दिनुभयो । मागको २३ हजार मेट्रिक टन कम उत्पादन हुने बैतडीमा यो बर्ष झनै खाद्यान्न संकट आउने देखिएको छ उहाँले भन्नुभयो “गहुँ उत्पादमा कमी भएपछी खाद्यान्न संकट आउने देखिन्छ”

असिनाले बैतडीको मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी क्षती पुगेको छ । मेलौली नगरपालिकाको ५३४ हेक्टर जमीनमा लगाईएको गहुँ, तरकारी र फलफुलमा १ करोड बराबरको क्षती गरेको र दशरथचन्द नगरपालिकाको ७५ हेक्टरमा करिब ८३ लाख ९० हजार बराबरको तरकारी र फलफुलमा क्षती पुगेको योजना अधिकृत चन्दले बताउनुभयो ।
पुर्चौडी नगरपालिकाको १३२ हेक्टर जमीनमा लगाईएको गहुँ, तरकारी र फलफुल गरी ४० लाख, सिगास गाउँपालिकामा १५ लाख, पाटन नगरपालिकामा १२ लाख र सुर्नया गाउँपालिकामा ६० हजार बराबरको क्षती गरेको छ ।
बैतडीको लेकाली क्षेत्रमा गहुँ पाक्न बाँकी रहेकाले लेकाली क्षेत्रमा गहुँबालीमा बढी क्षती पुगेको हो । जिल्लाको सबै क्षेत्रको क्षती विवरण संकलनको काम भईरहेकाले पुरै जिल्लाको क्षतीको विवरण आउन केही दिन अझै लाग्ने बताईएको छ । क्षतीको विवरण संलनका लागी जिल्लाका साकिकका हरेक गाविसमा कृषि प्राविधिक खटाईएको छ ।
बैतडीमा २० हजार ९ सय हेक्टरमा गहुँबाली, १२ सय बढी हेक्टरमा फलफुल र ५०० हेक्टर जमीनमा तरकारी खेती गरिदै आएको छ । असिनाले कृषि क्षेत्रमा ठुलो क्षती पुगेपछी बैतडीका किसान चिन्तीत बनेका छन् ।