रत्ननगर ९चितवन०, ६ जेठ । राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् ।
एमालेकी प्रभा बराल ११ हजार ६१३ मत ल्याई प्रमुखमा विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किरणभूषण ओलीले सात हजार २९२ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै उपप्रमुखमा एमालेकै इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका अनिता मैनाली सात हजार ७४ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै राप्ती नपाको १३ मध्ये ११ वडाको वडाध्यक्ष एमाले विजयी भएको छ भने वडा नं ९ र १२ मा काँग्रेस विजयी भएको छ । यसरी विजयी हुनेमा एमालेका क्रमशः १ नं वडामा सिद्धिलाल तामाङ ९१,३७४०, २ मा श्यामसुन्दर उप्रेती ९१,२२१०, ३ मा राजकुमार उप्रेती ९६८७०, ४ मा शम्शेर लामा ९१,१६५० र ५ मा मेनुका पाठक ९६८६० मत सहित वडाध्यक्षमा विजयी हुनुभएको छ ।
यस्तै एमालेबाट वडा नं ६ मा जल्लु महतो ९१,७०४०, ७ मा सुमिता डल्लाकोटी ९१,०९५०, ८ मा बुद्धिराज थपलिया ९१,१४६०, १० मा अम्मरबहादुर तमाङ ९४१४०, ११ मा हितबहादुर तमाङ ९५९३० र १२ मा सूर्यबहादुर प्रजा ९४४१० मतसहित अध्यक्षमा विजयी हुनुभएको छ ।
यसैगरी वडा नं ९ मा काँग्रेसका देवेन्द्र लामा ८३९ र १२ मा सोहि पार्टीका अर्जुन प्रजा ३२० मतसहित अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिनुभयो । रासस











प्रतिक्रिया