बीएनए र स्किब्स क्वाटरफाइनलमा


काठमाडौं, (नेस)
आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र स्किब्स दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स थ्री बाइ थ्री स्पर्धामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बीएनले हिमालयन एकेडेमीलाई ७–४ तथा निब्सलाई १०–६ ले पराजित गर्यो । जितमा रोशना तामाङले हिमालयन विरुद्ध ६ र निब्स विरुद्ध ४ अंक योगदान गरिन् । तीन खेलमा जित निकालेको स्किब्सले हिमालयनलाई १०–५, बीएनएलाई ७–६ तथा निब्सलाई ९–५ ले हरायो ।

जुनियर ब्वाइजमा दीपज्योतिले मनासलुलाई ३५–२५, गोल्डेनपिकले टीआईएलाई ३१–२७ र ज्ञान सिन्धुलाई ४६–३९, एन्जल्स हार्टले निब्सलाई ३०–२१ र नेपाल मोडेललाई ३१–२७, स्किब्सले टीआईएलाई ३१–२७, ग्रिनल्यान्डले निब्सलाई २९–२५ तथा भ्याली पब्लिकले निब्सलाई ३७–३५ ले हराए ।