जुडो संघका उपाध्यक्ष महर्जन मेयर


काठमाडौं, (नेस)
नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जन किर्तिपुर नगर पालिकाको मेयर पदमा निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार दिएका महर्जनले ७ हजार ३ सय ६० मत ल्याएर विजयी भएका हुन् ।

निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार नकर्मीको मत ६ हजार ५ सय १६ मत थियो ।

शुक्रबार नै नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, महासचिव धर्म श्रेष्ठलगायतले महर्जनलाई बधाई दिएका थिए ।