नेपाली खेलाडी सेमिफाइनलमा


काठमाडौं, (नेस)
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

पहिलो दिन नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो । महिला जुनियर एकल कातामा मन्दिरा मगर र विभिषा श्रेष्ठ तथा सिनियर एकल कातामा कृपा गुरुङ र तिलगंगा बम्जन सेमिफाइनलमा पुगे । पुरुषको जुनियर एकल कातामा अन्जन मगर र सुरेन्द्र तामाङ तथा सिनियर एकल कातामा मनीष थापा मगर र सोनामसिंह राईले अन्तिम चारमा स्थान पक्का गरे ।