राष्ट्रिय महिला फुटबल टोली


विदाईः मलेसियामा मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ । मलेसियाको सबाह स्टेटको कोटा किनाब्लुमा यहि जेठ ८ र १० गते गरी दुई मैत्री खेल हुनेछन् ।

२० खेलाडी र ८ अफीसियल सम्मिलित नेपाली टोली आज मलेसिया पुग्ने कार्यक्रम रहेको छ। आगामी वर्ष हुने साफ च्याम्पियनसिपको तयारीका लागि एन्फाले राष्ट्रिय टोलीको तयारी तीव्र बनाउँदै गएको छ।