पनौती नगरपालिकाका प्रमुखमा एमाले विजयी


काभ्रे, ४ जेठ । काभ्रेको पनौती नगरपालिकका प्रमुखमा नेकपा एमालेका भीम न्यौपानेले १२ हजार २५६ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विदुर बञ्जाराले नौ हजार १९० मत ल्याउनुभएको थियो ।

त्यसै, उपप्रमुखमा पनि एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अन्जु रञ्जितले नौ हजार १२८ मत ल्याउनुभएको थियो । रासस